हाम्रो अवलोकन तथा निरिक्षण (२०८३।०१।१९) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

हाम्रो अवलोकन तथा निरिक्षण (२०८३।०१।१९)

हाम्रो अवलोकन तथा निरिक्षण (२०८३।०१।१९)

मिति २०८३।०१।१९ गते शनिबारका प्यूठान स्थित धर्मावती साकोसबाट हाम्रो ग्रामीण साकोस सल्यानको अध्ययन तथा अवलोकन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा हाम्रो संस्थाको समग्र गतिविधि, विशेष गरी ऋण लगानी, असुली तथा भाका नाघेको ऋण व्यवस्थापन सम्बन्धि विषयहरुमा विस्तृत छलफल भएको थियो । यस प्रकारका भ्रमण तथा अन्तरक्रियाले संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै सहकारीबीच आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौ ।
यस अवसरको लागि धर्मावती बचत तथा ऋण सहकारी संस्था लि। परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ । आगामी दिनहरुमा समेत यस्तै सहकार्य, समन्वय र अनुभव आदान प्रदानलाई निरन्तरता दिने अपेक्षा राख्दछौ ।