ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना २०५१ साल माघ २८ गते शनिबारका दिन स्थानिय ३१ जना महिला तथा पुरुषहरुको विशेष उपस्थिती एंव सर सल्लाहरुबाट समुदायमा विद्यमान गरीबी, अभाव, बेरोजगारी जस्ता भयावह समस्याहरुको सामूहिक रुपमा सामना गर्न समाजका सदस्यहरुलाई आफुले आर्जन गरेको आयको केही अंश नियमित रुपमा बचत गर्ने बानी बसाल्न प्रोत्साहित गरी संकलन भएको बचत रकम सदस्यहरुको आवश्यकता अनुसार सिपमुलक आय आर्जन कार्यमा बृद्धि गर्न तथा भविष्यमा आईपर्ने आर्थिक संकट टार्न सहुलियत व्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक, सामाजिक स्थितीमा सुधार ल्याउने उद्धेश्यका साथ “ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. शारदा नगरपालिका २ खलंगा, सल्यान” नामक सहकारी संस्था विधिववत रुपमा दर्ता समेत गरी संचालन गर्ने अठोट भए अनुरुप जिल्ला सहकारी कार्यालय सल्यानबाट प.सं. ०५१/०५२ च.नं.४७ मिति २०५१/११/२८ दर्ता नं. ८-०५१/०५२ उल्लेखित संस्था दर्ता प्रमाण पत्र प्राप्त भए पश्चात तत्कालिन खलंगा गा.वि.स.र सेजवालटाकुरा गा.वि.स.लाई कार्यक्षेत्र तोकी विधिवत रुपमा संस्था संचालन गरिएको थियो ।