सहकारी सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम (२०८३।०२।०२)

यस ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को नयाँ शेयर सदस्यहरुलाई संस्थाको सभा हलमा सहकारी सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमको सञ्चालन प्रबन्धक शान्ता राईले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य शिक्षा उपसमिति सदस्य ज्ञानु अधिकारीले राख्नुभएको थियो भने शुभकामना मन्तव्य संस्थाका अध्यक्ष लक्ष्मण कुमार राईज्यूले व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण संस्थाको प्रबन्धक शान्ता राईज्यूले गर्नुभएको थियो। त्यसैगरी उपस्थित सहभागीहरुको तर्फबाट कल्पना खड्गी र नारायण वि.क. ले तालिम अत्यन्त उपयोगी, समय सान्दर्भिक र व्यवहारिक रहेको धारणा व्यक्त गर्नुभएको थियो।कार्यक्रमको समापन कार्यक्रम संयोजक रमा सिंहज्यूले गर्नुभएको थियो ।
कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्ता उपयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं।


