विस्तारित मञ्च (२०८२।१२।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

विस्तारित मञ्च (२०८२।१२।२८)

विस्तारित मञ्च (२०८२।१२।२८)

विस्तारित मञ्च मार्फत मिति २०८२।१२।२८ गते शनिबारका दिन शा.न.पा.–३, स्थित खड्गदेवी आधारभूत विद्यालयमा शा.न.पा.–३ को शेयर सदस्यहरुलाई संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि, वर्तमान अवस्थाको बारेमा प्रबन्धक शान्ता राईले स्पष्ट जानकारी गराउनु भएको थियो । साथै संस्थाको पदाधिकारी एवं सदस्य र प्रबन्धकले विद्यमान नीति तथा आन्तरिक कार्यविधिहरु, बचत तथा ऋण सेवा, सदस्य केन्द्रित कार्यक्रम सम्बन्धि सहभागी शेयर सदस्यहरुसँग अन्तरक्रिया गरी सो सम्बन्धि सुझाव संकलन गरिएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण कुमार राईको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन सचिव श्रीकान्त राईले गर्नुभएको थियो भने उद्घाटन जेष्ठ शेयर सदस्य गोमती राजभण्डारीले गर्नुभएको थियो। उक्त कार्यक्रममा कोषाध्यक्ष विरेन्द्र कुमार राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शेयर सदस्यको उत्साहपूर्ण उपस्थिति रहेको थियो भने अन्तरक्रियामा आफ्नो भुमिका सकृयता पूर्बक निर्वाह गर्नुभएको थियो । साथै पूर्व उपाध्यक्ष यौवन प्रकाश श्रेष्ठले कार्यक्रमको बारेमा सकारात्मक प्रतिक्रिया सहित महत्वपूर्ण सल्लाह सुझाव व्यक्त गर्नुभएको थियो । आफ्नो महत्वपूर्ण अभिव्यक्ति सहित अध्यक्ष लक्ष्मण कुमार राईले कार्यक्रमको समापन गर्नुभएको थियो ।