वक्तृत्वकला प्रतियोगिता (२०८२।१०।२७)

३१औँ स्थापना दिवसको शुभ अवसरमा शारदा नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा अध्ययनरत छात्र–छात्राहरूलाई लक्षित गरी “समुदायमा सहकारीको महत्त्व” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा सहभागी विद्यार्थीहरुमध्ये श्री शिवजन मा.वि., श्रीनगरकी छात्रा डुनिका बस्नेतले प्रथम स्थान, श्री त्रि.ज.मा.वि., लुहापिङ्गकी छात्रा सदिक्षा शाहले द्वितीय स्थान, श्री एम एम एकेडेमी, खलंगा सल्यानकी छात्रा विजेता भण्डारीले तृतीय स्थान र श्री त्रि.ज.मा.वि., मार्केको छात्र टोपेन्द्र बोहराले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए ।


