प्रविधि तथा वित्तिय साक्षरता कार्यक्रम (२०८०।११।१९) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

प्रविधि तथा वित्तिय साक्षरता कार्यक्रम (२०८०।११।१९)

प्रविधि तथा वित्तिय साक्षरता कार्यक्रम (२०८०।११।१९)

आज मिति २०८०।११।१९ गतेका दिन ग्रामीण साकोसको सभा हलमा संस्थाका शेयर सदस्यहरुलाई प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम प्रदान गरियो । संस्थाको शिक्षा उपसमिति संयोजक निनु शाहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य श्री तीर्थराज उपाध्यायले गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षा उपसमितिको सदस्य श्री शारदा थापाले गर्नुभएको थियो भने शुभकामना मन्तव्य संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईले व्यक्त गर्नुभएको थियो । साथै सो कार्यक्रममा सहजीकरण प्रबन्धक श्री शान्ता राईले गर्नुभएको थियो । सहभागीको तर्फबाट शेयर सदस्य श्री रमेश चन्दले कार्यक्रमको बारेमा आफ्ना भनाईहरु राख्नुभएको थियो । कार्यक्रमको समापन सभाध्यक्ष निनु शाहले गर्नुभएको थियो ।