प्रविधि तथा वित्तिय साक्षरता कार्यक्रम (२०८०।१२।०३) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

प्रविधि तथा वित्तिय साक्षरता कार्यक्रम (२०८०।१२।०३)

प्रविधि तथा वित्तिय साक्षरता कार्यक्रम (२०८०।१२।०३)

आज मिति २०८०।१२।०३ गतेका दिन ग्रामीण साकोसको सभा हलमा संस्थाका महिला शेयर सदस्यहरुलाई प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि, वर्तमान अवस्था, संस्थाले अवलम्बन गरेको प्रविधि साथै वित्तीय व्यवस्थापन सम्बन्धि जानकारी गराईयो । संस्थाको महिला उपसमिति संयोजक सिता श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन महिला उपसमिति सदस्य श्री ईन्द्रा भण्डारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य महिला उपसमितिको सदस्य श्री रेखा चन्दले गर्नुभएको थियो भने शुभकामना मन्तव्य संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईले व्यक्त गर्नुभएको थियो । साथै सो कार्यक्रममा सहजीकरण प्रबन्धक श्री शान्ता राईले गर्नुभएको थियो । सहभागीको तर्फबाट शेयर सदस्यहरु श्री धनुमाया श्रेष्ठ, रक्षा थापा सिंह, कोपिला राना र निलिमा श्रेष्ठले कार्यक्रमको बारेमा आफ्ना भनाई तथा महत्वपूर्ण सुझावहरु राख्नुभएको थियो । कार्यक्रमको समापन सभाध्यक्ष सिता श्रेष्ठले गर्नुभएको थियो ।