प्रविधि तथा वित्तिय साक्षरता कार्यक्रम (२०८०।११।२६)
आज मिति २०८०।११।२६ गतेका दिन ग्रामीण साकोसको सभा हलमा संस्थाका शेयर सदस्यहरुलाई प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम प्रदान गरियो । संस्थाको महिला उपसमिति संयोजक सिता श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन महिला उपसमिति सदस्य श्री रेखा चन्दले गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य महिला उपसमितिको सदस्य श्री ईन्द्रा भण्डारीले गर्नुभएको थियो भने शुभकामना मन्तव्य संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईले व्यक्त गर्नुभएको थियो । साथै सो कार्यक्रममा सहजीकरण प्रबन्धक श्री शान्ता राईले गर्नुभएको थियो । सहभागीको तर्फबाट शेयर सदस्यद्वय श्री सुधा आचार्य र अन्जना शर्माले कार्यक्रमको बारेमा आफ्ना भनाईहरु राख्नुभएको थियो । कार्यक्रमको समापन सभाध्यक्ष सिता श्रेष्ठले गर्नुभएको थियो ।