ग्रामीण साकोस सल्यानको २९ औं स्थापना दिवस २०८० (२०८०।१०।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

ग्रामीण साकोस सल्यानको २९ औं स्थापना दिवस २०८० (२०८०।१०।२८)

ग्रामीण साकोस सल्यानको २९ औं स्थापना दिवस २०८० (२०८०।१०।२८)

यस संस्थाको २९ औं स्थापना दिवस २०८० को कार्यक्रम अध्यक्ष श्री लक्ष्मण कुमार राईको अध्यक्षता, शारदा नगरपालिकाको नगर उप–प्रमुख श्री सुस्मिता सापकोटा सुनारको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ लि. सल्यानको अध्यक्ष श्री केशव सिंह श्रेष्ठ र शारदा नगरपालिका वडा नं. २ को वडाध्यक्ष श्री सविन हमालको विशिष्ट आतिथ्यतामा सुरु भएको थियो । उक्त कार्यक्रम सञ्चालन संस्थाका सचिव श्री श्रीकान्त राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष श्री धिरज रावतले दिनुभएको थियो । संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि सहित हाल सम्मको संस्थाको अवस्थाको बारेमा प्रबन्धक श्री शान्ता राईले जानकारी गराउनु भएको थियो । त्यसै गरेर प्रमुख अतिथि श्री सुस्मिता सापकोटा सुनार, लेखा सुपरीवेक्षण समितिका संयोजक श्री रुपसिंह राई, जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठ, निवर्तमान सञ्चालक समितिका सचिव श्री सनत कुमार शर्मा र संस्थापक सदस्य श्री कृष्णराज उपाध्यायले आफ्नो महत्वपूर्ण सल्लाह सुझाव सहित मन्तव्य राख्नुभएको थियो । सो अवसरमा संस्थाका संस्थापक सदस्यहरुमध्ये दिवङ्गत हुनु भएका शेयर सदस्यहरु र अन्य सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने संस्थाको नीति निर्देशिका अनुसार जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाका निवर्तमान सञ्चालकरलेखा सुपरीवेक्षण समितिका पदाधिकारी एवं सदस्यको पदमा रहेर सस्थाको वृद्धि विकासमा पुर्याउनु भएको योगदानको उच्च मूल्याकंन गर्दै संस्थाबाट कदर पत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमको समापन सभाध्यक्ष श्री लक्ष्मण कुमार राईले गर्नुभएको थियो ।