३१ औं स्थापना दिवस (२०८२।१०।२८)

यस संस्थाको ३१ औं स्थापना दिवस २०८२ को कार्यक्रम अध्यक्ष श्री लक्ष्मण कुमार राईको अध्यक्षता, जिल्ला सहकारी संघ लि। सल्यानको अध्यक्ष श्री केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री श्रीकान्त राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य श्रीनगर सेवाकेन्द्र सन्चालन तथा व्यवस्थापन उपसमितिका सदस्य श्री तुफान सिंह थापाले व्यक्त गर्नु भएको थियो । संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि सहित हाल सम्मको संस्थाको अवस्थाको बारेमा प्रबन्धक श्री शान्ता राईले जानकारी गराउनु भएको थियो । त्यसै गरेर प्रमुख अतिथि श्री केशव सिंह श्रेष्ठ, निवर्तमान सञ्चालक समितिका सचिव श्री सनत कुमार शर्मा, संस्थापक सदस्य श्री कृष्णराज उपाध्याय र शेयर सदस्य श्री राम चन्द्र रेग्मीले आफ्नो महत्वपूर्ण सल्लाह सुझाव सहित शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा संस्थाका संस्थापक सदस्यहरुमध्ये दिवङ्गत हुनु भएका शेयर सदस्यहरु र अन्य सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने संस्थाको नीति निर्देशिका अनुसार जेष्ठ नागरिक शेयर सदस्यहरु, संस्थाको सदस्य बृद्धिमा महत्वपुर्ण योगदान पुर्याउनु हुने शेयर सदस्यलाई सम्मान गरिएको थियो । साथै सामाजिक उत्तरदायित्व क्रियाकलाप अन्तर्गत मानवीय पून्यका लागि १ थान ओढ्ने र ओछ्याउने कपडा मानव अधिकार वकालत केन्द्र (रेस) नेपाल सल्यानका अध्यक्ष श्री रामचन्द्र रेग्मीलाई उक्त सामान हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको समापन सभाध्यक्ष श्री लक्ष्मण कुमार राईले गर्नुभएको थियो ।


