३० औं स्थापना दिवस (२०८१।१०।२८) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

३० औं स्थापना दिवस (२०८१।१०।२८)

३० औं स्थापना दिवस (२०८१।१०।२८)

यस संस्थाको ३० औं स्थापना दिवस २०८१ को कार्यक्रम अध्यक्ष श्री लक्ष्मण कुमार राईको अध्यक्षता, शारदा नगरपालिकाको नगर प्रमुख श्री प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री श्रीकान्त राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष श्री धिरज रावतले दिनुभएको थियो । संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि सहित हाल सम्मको संस्थाको अवस्थाको बारेमा प्रबन्धक श्री शान्ता राईले जानकारी गराउनु भएको थियो । त्यसै गरेर प्रमुख अतिथि श्री प्रकाश भण्डारी, लेखा सुपरीवेक्षण समितिका संयोजक श्री रुपसिंह राई, निवर्तमान सञ्चालक समितिका सचिव श्री सनत कुमार शर्मा र संस्थापक सदस्य श्री कृष्णराज उपाध्यायले आफ्नो महत्वपूर्ण सल्लाह सुझाव सहित मन्तव्य राख्नुभएको थियो । सो अवसरमा संस्थाका संस्थापक सदस्यहरुमध्ये दिवङ्गत हुनु भएका शेयर सदस्यहरु र अन्य सदस्यहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने संस्थाको नीति निर्देशिका अनुसार जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमको समापन सभाध्यक्ष श्री लक्ष्मण कुमार राईले गर्नुभएको थियो ।