२०७७।१२।२८ मा विस्तारित मञ्च(सहकारी सदस्य शिक्षा तथा बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम)
यस संस्थाको शिक्षा उपसमितिको सदस्य श्री अनुपा शाहको संयोजकत्वमा संस्थाका शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको संशोधित बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाका काेषाध्यक्ष लक्ष्मण कुमार राई , स.सदस्य राधिका शाह र शिक्षा उपसमितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिव श्री सनत कुमार शर्माज्यु, र प्रबन्धक श्री शान्ता राईज्युले गर्नु भयो ।