हाम्रो अवलोकन तथा निरिक्षण (२०७९।११।२१) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

हाम्रो अवलोकन तथा निरिक्षण (२०७९।११।२१)

आज मिति २०७९/११/२३ गतेका दिन यस संस्थामा पुर्वी नवलपरासी जिल्लाको मुकुन्दपुर साकोसका सन्चालक समिती, लेखा सुपरिवेक्षण समिती लगायत विभिन्न सेवा केन्द्रका उपसमितिहरु र व्यवस्थापन लगाएतको टोलिहरुले अध्ययन अवलोकण गर्नुभएको थियो । उक्त अवलोकनको क्रममा ग्रामीण साकोसका प्रबन्धक श्री शान्ता राईज्युले संस्थाको पृष्ठभुमि, बित्तीय अबस्था र अन्य गतिविधिहरुको बारेमा प्रस्तुतिकरण दिनुभएको थियो भने मुकुन्दपुर साकोसको गतिबिधी र बित्तिय अबस्था बारेमा उक्त साकोसका प्रबन्धक श्री सुरज लामिछानेले प्रस्तुतिकरण दिनुभएको थियो । सो क्रममा दुवै साकोसका राम्रो अभ्यासहरुको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमको अध्यक्षता यस संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्युले गर्नुभएको थियो, भने कार्यक्रमको सन्चालन तथा स्वागत संस्थाका सचिव श्री सनत कुमार शर्माज्युले गर्नुभएको थियो । सो अवसरमा जिल्ला सहकारी संघ, सल्यानका अध्यक्ष तथा यस संस्थाका निवर्तमान अध्यक्ष श्री केशव सिंह श्रेष्ठ , कोषाध्यक्ष श्री लक्ष्मण कुमार राई सदस्यहरु क्रमशः कमला कुमारी शाक्य, नरेश कुमार प्रधान, निनु शाह, रबिन्द्र बिस्ट र राधिका शाहज्यु लगायत व्यवस्थापन पक्षको सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।