हाम्रो अवलोकन तथा निरिक्षण (२०८१।११।२६)

आज मिति २०८१।११।२५ गतेका दिन यस संस्थामा स्याङ्जा जिल्लाको हिमाल साकोसका सन्चालक समिति, लेखा सुपरीवेक्षण समिति साथै व्यवस्थापन लगाएतको टोलिहरुले अध्ययन अवलोकण गर्नुभएको थियो । उक्त अवलोकनको क्रममा ग्रामीण साकोसका प्रबन्धक श्री शान्ता राईज्युले संस्थाको पृष्ठभुमि, बित्तीय अबस्था र अन्य गतिविधिहरुको बारेमा प्रस्तुतिकरण दिनुभएको थियो भने हिमाल साकोसको गतिबिधी र बित्तिय अबस्थाको बारेमा उक्त साकोसका प्रबन्धक श्री बुद्धिसागर गैरेले प्रस्तुतिकरण दिनुभएको थियो । सो क्रममा दुवै साकोसका राम्रो अभ्यासहरुको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमको अध्यक्षता यस संस्थाका अध्यक्ष श्री लक्षण कुमार राईले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन तथा स्वागत संस्थाको प्रबन्धक श्री शान्ता राईले गर्नुभएको थियो । सो अवसरमा कोषाध्यक्ष श्री विरेन्द्र कुमार राई सदस्यहरु क्रमशः निनु शाह, सिता श्रेष्ठ, रमा सिंह र कञ्चन श्रेष्ठ लगायत व्यवस्थापन पक्षको सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।