सामाजिक सेवा :
कोरोना भाईरस (कोभिड -19) ले विश्वलाईनै अाक्रान्त वनाई रहेकाे अवस्थामा याे राेग नियन्त्रणका लागि नेपाल सरकार, प्रदेश सरकार हुँदै स्थानिय सरकारले गरेकाे प्रयासलाई कदर गर्दै याे राेग नियन्त्रण गर्नु पर्ने हाम्राे पनि दायित्व वाेध गरी तालुक निकाय शारदा नगरपालिका सल्यानले स्थापना गरेकाे विपद तथा प्रकाेप व्यवस्थापन काेष मार्फत खर्च हुने गरि रू.५०,०००/- अक्षेरेपी पचास हजार काे चेक सस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्य ज्युबाट नगर प्रमुख श्री सुरेश अधिकारी ज्युलाई २०७६।१२।२६ मा हस्तान्तरण गरियो ।
मिति २०७६।०८।०२ मा शारदा नगरपालिका सल्यान र ग्रामीण साकोस सल्यानको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर परिक्षण र पाठेघर खसेको महिलाहरुको स्क्रिनिङ(POP)शिविरमा शारदा नगरपालिका १० मधाना सल्यानमा सन्चालन गरी ४८ जनालाई सेवा प्रदान गरियो ।
मिति २०७६।०८।०२ मा शारदा नगरपालिका सल्यान र ग्रामीण साकोस सल्यानको संयुक्त आयोजनामा लामो अवधी जन्मान्तरको लागि स्याटलाईट सेवा र माइक्रोस्कोपिक क्याम्प कजेरी हेल्थपोष्ट सल्यानमा सन्चालन गरी ३७ जनालाई सेवा प्रदान गरियो ।