सहकारी सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम साथै डस्टविन हस्तान्तरण (मिति २०८१।१०।२४)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि., सल्यानको मिति २०८१।१०।२८ गते मनाईने ३०औं स्थापना दिवसको अवसरमा मिति २०८१।१०।२४ गते बिहीबारका दिन शा.न.पा.–१२, मूलडाँडाँ स्थित शिव मा.वि. मा कक्षा ८ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई सहकारी सदस्य शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरियो । साथै उक्त दिन सोही विद्यालय र शा.न.पा.–१, स्थित कृष्ण मन्दिरमा डस्टविन हस्तान्तरण गरियो ।