सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम (२०८२।०२।२४)

यस संस्थाका नँया शेयर सदस्यहरुलाई लक्षित गरी मिति २०८२।०२।२४ गतेका दिन उद्योग वाणिज्य संघ, सल्यानको सभा हलमा गरिएको सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको सन्चालन शिक्षा उप समितिको सदस्य श्री ज्ञानु अधिकारीले गर्नु भएको थियो र उक्त कार्यक्रमको अध्यक्षता शिक्षा उपसमितिको सदस्य श्री तीर्थराज उपाध्यायले गर्नु भएको थियो । शिक्षा उपसमितिको सदस्य श्री शारदा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको उद्घाटन संस्थाको अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले गर्नु भएको थियो । संस्थाको अध्यक्ष श्री लक्ष्मण कुमार राई र सहभागीको तर्फबाट श्री टोप बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण प्रबन्धक श्री शान्ता राईले गर्नु भएको थियो । सहभागिको तर्फबाट शेयर सदस्यद्वय क्रमशः श्री प्रविण भण्डारी र श्री सुशिला भण्डारीले कार्यक्रमको उपलब्धीबारे आफ्नो भनाई राख्नु भएको थियो साथै कार्यक्रमको अध्यक्ष श्री तीर्थराज उपाध्याय बाट कार्यक्रमको समापन भएको थियो ।


