शोक तथा समवेदना व्यक्त (२०८२।०६।१५)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानको शेयर सदस्य सूर्य कुमारी महर्जन (स.नं.९६८) को असामयिक निधनले हाम्रो संस्थालाई अपुरणीय क्षति पुर्यायको छ । दुस्खको यस घडीमा उहाँको दिव्य आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै संस्थाको क्यान्सर रोग पीडित तथा मृत्यु राहत नीति अनुसार संस्थाका अध्यक्ष लक्ष्मण कुमार राईबाट राहत प्रदान गरियो ।


