विस्तारित मञ्च (२०८२।११।३०) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

विस्तारित मञ्च (२०८२।११।३०)

विस्तारित मञ्च (२०८२।११।३०)

विस्तारित मञ्च मार्फत मिति २०८२।११।३० गते शनिबारका दिन महेन्द्र मा.वि., पिपलनेटामा शा.न.पा.(४,५,८,९,१० र ११) का शेयर सदस्यहरुलाई संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि, वर्तमान अवस्थाको बारेमा प्रबन्धक शान्ता राईले स्पष्ट जानकारी गराउनु भएको थियो । साथै संस्थाको पदाधिकारी एवं सदस्य र प्रबन्धकले विद्यमान नीतिहरु, बचत तथा ऋण सेवा, सदस्य केन्द्रित कार्यक्रम सम्बन्धि सहभागी शेयर सदस्यहरुसँग अन्तरक्रिया गरी सो सम्बन्धि सुझाव संकलन गरिएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण कुमार राईको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन प्रबन्धक शान्ता राईले गर्नुभएको थियो भने उद्घाटन जेष्ठ शेयर सदस्य ज्ञान बहादुर श्रेष्ठले गर्नुभएको थियो। उक्त कार्यक्रममा शिक्षा उपसमिति सदस्य ज्ञानु अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शेयर सदस्यको उत्साहपूर्ण उपस्थिति रहेको थियो भने अन्तरक्रियामा आफ्नो भुमिका सकृयता पूर्बक निर्वाह गर्नुभएको थियो । आफ्नो महत्वपूर्ण अभिव्यक्ति सहित अध्यक्ष लक्ष्मण कुमार राईले कार्यक्रमको समापन गर्नुभएको थियो ।