विस्तारित मञ्च (२०८१।१२।३०) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

विस्तारित मञ्च (२०८१।१२।३०)

विस्तारित मञ्च (२०८१।१२।३०)

विस्तारित मञ्च मार्फत मिति २०८१।१२।३० गते शनिबारका दिन महेन्द्र रत्न मा.वि.शा.न.पा.–४, पिपलनेटा, सल्यानमा पायक पर्ने संस्थाका सक्रिय शेयर सदस्यहरुलाई संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि, वर्तमान अवस्थाका बारेमा प्रबन्धक श्री शान्ता राईले स्पष्ट जानकारी गराउनु भएको थियो । साथै संस्थाको पदाधिकारी एवं सदस्य र प्रबन्धकले विद्यमान नीतिहरु, बचत तथा ऋण सेवा, सदस्य केन्द्रित कार्यक्रम सम्बन्धि सहभागी शेयर सदस्यहरुसँग अन्तरक्रिया गरी सो सम्बन्धि सुझाव संकलन गरिएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण कुमार राईको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन प्रबन्धक शान्ता राईले गर्नुभएको थियो भने उक्त कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष श्री विरेन्द्र कुमार राईले गर्नुभएको थियो । आफ्नो महत्वपूर्ण अभिव्यक्ति सहित अध्यक्ष लक्ष्मण कुमार राईले कार्यक्रमको समापन गर्नुभएको थियो ।