विस्तारित मञ्च (२०८१।०१।२९)

शारदा नगरपालिका–२ (जोगिदेउखोला बाहेक) का सक्रिय शेयर सदस्यहरुलाई लक्षित गरी मिति २०८१।०१।२९ गते जिल्ला समन्वय समितिको सभाहलमा गरिएको विस्तारित मञ्च कार्यक्रमको सञ्चालन सचिव श्रीकान्त राईले गर्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष श्री लक्ष्मण कुमार राईले गर्नुभएको थियो । उपाध्यक्ष धिरज रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार श्री केशव सिंह श्रेष्ठज्यूले गर्नुभएको थियो । सो अवसरमा उहाँले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाको प्रबन्धकले संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि, वर्तमान अवस्था, संस्थाले अवलम्बन गरेका नीति, बचत तथा ऋण सेवाहरु, सदस्य केन्द्रित कार्यक्रमका बारेमा सहभागी शेयर सदस्यहरुलाई जानकारी गराउँदै सो सम्बन्धि अन्तरक्रिया गरी महत्वपूर्ण सुझाव संकलन गरिएको थियो । सहभागीको तर्फबाट शेयर सदस्यहरु श्री महेन्द्र गुरुङ्ग र श्री अम्बु कुमारी श्रेष्ठले कार्यक्रमको बारेमा आफ्ना भनाई तथा महत्वपूर्ण सुझावहरु राख्नु भएको थियो । आफ्नो महत्वपूर्ण अभिव्यक्ति सहित अध्यक्ष लक्ष्मण कुमार राईले कार्यक्रमको समापन गर्नुभएको थियो ।