विस्तारित मञ्च (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम) २०७९।११।२७

मिति २०७९।११।२७ गते संस्थाको सभा कक्षमा संस्थाको महिला उपसमितिको संंयोजक श्री निनु शाहको संयोजकत्वमा संस्थाका कोषाध्यक्ष श्री लक्ष्मण कुमार राईज्यूबाट बिस्तारित मंच (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम) को दीप प्रज्वलन गरि उद्घाटन गरियो । संस्थाका शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाका कोषाध्यक्ष श्री लक्ष्मण कुमार राई र महिला उपसमितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक श्री शान्ता राईज्युले गर्नु भएको थियो ।