विदाई कार्यक्रम (२०८०।०४।२४)
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि। सल्यानको सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति र व्यवस्थापनका सम्पूर्ण कर्मचारीहरुको उपस्थितिका बीच संस्थाका निवर्तमान ऋण सहायक श्री श्रीकान्त राईलाई संस्थाबाट औपचारिक विदाईको कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभाहलमा छोटो कार्यक्रमको बिच सो समितिका पदाधिकारी एवं सदस्यज्यूहरु र सम्पूर्ण कर्मचारीहरुले निवर्तमान ऋण सहायक श्री श्रीकान्त राईलाई संस्थाको वित्त विकासमा पुर्याउनु भएको अतुलनीय योगदान प्रति धन्यवाद सहित सुन्दर र उज्ज्वल भविष्यको शुभकामना प्रदान गरियो ।