रणनीतिक व्यावसायिक योजना निर्माण कार्याशाला (२०८१।०२।२९)

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को प्राविधिक सहयोगमा ४ वर्षे रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । सो कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष लक्ष्मण कुमार राईले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष, यस संस्थाको पूर्व अध्यक्ष तथा हालको सल्लाहकार केशव सिंह श्रेष्ठलाई आमन्त्रण गरिएको थियो । यस कार्यक्रमको सञ्चालन सचिव श्रीकान्त राईले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष धिरज रावतले दिनुभएको थियो । कार्यक्रम अवधि भर सहजीकरणको भूमिका नेफ्स्कून तालिम अधिकृत द्वय श्री कोमल राज अधिकारी र रविन्द्र श्रेष्ठले निभाउनु भएको थियो ।