मिति २०७८/०९/०५ गतेदेखि ०८ गतेसम्म पोखरा, कास्किमा संचालित ४ दिने साकोस संचालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्न – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

मिति २०७८/०९/०५ गतेदेखि ०८ गतेसम्म पोखरा, कास्किमा संचालित ४ दिने साकोस संचालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्न

मिति २०७८/०९/०५ गतेदेखि ०८ गतेसम्म पोखरा, कास्किमा संचालित ४ दिने साकोस संचालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्न

मिति २०७८/०९/०५ गतेदेखि ०८ गतेसम्म पोखरा, कास्किमा संचालित ४ दिने साकोस संचालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्न भयो | सो समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डगी प्रदेशका भूमी ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय श्री चन्द्र बहादुर बुढाको उपस्थिति रहेको थियो भने बुढाले सहकारिलाई प्रभावकारी ढङ्गले सबैको पहुँचमा पुर्याउनु पर्ने र सहकारिलाई उत्पादनमुखी व्यवसाय सङ्ग जोडनुपर्ने बताउदै उच्च मनोबल प्रदान गर्नु भएको थियो । समापन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्युले तालिममा सिकेका र कास्किका सहकारीहरुको अवलोकन गर्ने क्रममा त्यहाँका सहकारिहरुले लागू गरेका राम्रा अभ्यासहरुलाई आफ्नो संस्थामा लागू गर्ने, आगामी दिनमा नयाँ कार्य योजनाका साथ अघि बढने र सन्स्थामा आवद्ध शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउनुका साथसाथै गुणस्तरीय सेवा प्रदान गरि सन्स्थाको छविलाई अझै उच्च बनाउनेमा जोड दिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो भने उक्त कार्यक्रमको स्वागत मन्तव्य लेखा सुपरिवेक्षण समितिको संयोजक श्री कमल अधिकारी ज्युले गर्नु भएको थियो र कार्यक्रमको संचालन संस्थाका सचिव श्री सनत कुमार शर्मा ज्युले गर्नु भएको थियो ।