मिति २०७८।०८।१६ देखि १८ गते सम्म विस्तारित मञ्च (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम)
यस संस्थाको शिक्षा उपसमितिको संयोजक श्री राधिका शाहको संयोजकत्व र श्री जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा बिस्तारित मंच (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम) को उदघाटन गरि मिति २०७८/०८/१६ गते संस्थाको भवन हलमा , १७ गते जैयतपानी र १८ गते मार्केमा संस्थाका शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाका सचिव श्री सनत कुमार शर्मा , काेषाध्यक्ष श्री लक्ष्मण कुमार राई ,शिक्षा उपसमितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिब श्री सनत कुमार शर्मा र प्रबन्धक श्री शान्ता राईज्युले गर्नु भयो ।