प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम (२०८१।११।१७)

मिति २०८१।११।१७ गतेका दिन ग्रामीण साकोसको सभाहलमा संस्थाका शेयर सदस्यहरुलाई प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम प्रदान गरियो । कार्यक्रमको सन्चालन शिक्षा उप समितिको सदस्य श्री ज्ञानु अधिकारीले गर्नु भएको थियो र उक्त कार्यक्रमको अध्यक्षता शिक्षा उपसमितिको संयोजक श्री सिता श्रेष्ठले गर्नुभएको थियो । शिक्षा उपसमितिको सदस्य श्री सुनहरी श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको उद्घाटन संस्थाको अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण प्रबन्धक श्री शान्ता राईले गर्नु भएको थियो । सहभागिको तर्फबाट शेयर सदस्य श्री दिपक कुमार शर्माले कार्यक्रमको उपलब्धीबारे आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष श्री सिता श्रेष्ठ बाट कार्यक्रमको समापन भएको थियो ।