प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम (२०८१।१२।०२)

मिति २०८१।१२।०२ गतेका दिन ग्रामीण साकोसको सभाहलमा संस्थाका महिला शेयर सदस्यहरुलाई प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम प्रदान गरियो । कार्यक्रम सञ्चालन महिला उप समितिको सदस्य श्री ईन्द्रा भण्डारीले गर्नु भएको थियो र उक्त कार्यक्रमको अध्यक्षता महिला उपसमितिको संयोजक श्री रमा सिंहले गर्नुभएको थियो । महिला उपसमितिको सदस्य श्री प्रिति चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ९ संस्थाको सचिव० श्री श्रीकान्त राईज्युले गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण प्रबन्धक श्री शान्ता राईले गर्नु भएको थियो । सहभागिको तर्फबाट शेयर सदस्यद्वय श्री शारदा राना र गिता गन्धर्वले कार्यक्रमको उपलब्धीबारे आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष श्री रमा सिंह बाट कार्यक्रमको समापन भएको थियो ।