प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम (२०८१।११।२४)

मिति २०८१।११।२४ गतेका दिन ग्रामीण साकोसको सभाहलमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाका महिला शेयर सदस्यहरुलाई प्रविधि तथा वित्तीय साक्षरता कार्यक्रम प्रदान गरियो । कार्यक्रमको सन्चालन महिला उप समितिको सदस्य श्री ईन्द्रा भण्डारीले गर्नु भएको थियो र उक्त कार्यक्रमको अध्यक्षता महिला उपसमितिको संयोजक श्री रमा सिंह गर्नुभएको थियो । महिला उपसमितिको सदस्य श्री नितिशा प्रधानको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको उद्घाटन संस्थाको अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण प्रबन्धक श्री शान्ता राईले गर्नु भएको थियो । सहभागिको तर्फबाट शेयर सदस्य श्री चन्द्रकला बुढाथोकी, कृष्णा बुढाथोकी, पुष्पा के।सी। चन्द र केशरी श्रेष्ठले कार्यक्रमको उपलब्धीको साथै महत्वपूर्ण सुझाव दिनुभएको थियो । । कार्यक्रमका सभाध्यक्ष श्री रमा सिंह बाट कार्यक्रमको समापन भएको थियो ।