क्षयरोग खोज पड्ताल कार्यक्रम (२०७९।०८।१४)
शारदा नगरपालिका सल्यान र ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. शा. न. पा. -२, खलंगा, सल्यानको संयुक्त आयोजनामा मिति २०७९/०८/१४ गतेका दिन स्वास्थ चौकी डाडाँगाउँ, सल्यानमा क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय ‘क्षयरोग खोज पड्ताल कार्यक्रम ‘ मा २५ जनालाई नि:शुल्क सेवा उपलब्ध गराईयो ।