कोभिड १९ विमा प्रदान (२०७७।१२।०८)
यस संस्थाका शेयर सदस्यहरु क्रमशः श्री खुम बहादुर यरी (स.न. १३६६) र श्री रमा शर्मा (स.न. ७६७) कोभिड १९ बाट संक्रमित भई हाल सो रोगबाट मुक्त भएको समाचार प्राप्त हुँदा हामी हर्षित भएका छौ । संस्थाले आफ्ना शेयर सदस्यहरुको जिउ ज्यानको जोखिमलाई मध्यनजर गरि मिति 2077/02/07 गते कोभिड १९ को म्यादी बिमा गरिए बमोजिम NLG बिमा कम्पनीबाट बिमा वापत प्राप्त रकम जनही रु ५००००/ (पचास हजार) उहाँहरुलाई संस्थाका अध्यक्ष श्री धिरेन्द्र कुमार शाक्यज्यु बाट संस्थाको कार्यालयमा उपलब्ध गराईयो ।