कर परामर्श अभिमुखीकरण कार्यक्रम (२०८१।१२।१६) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

कर परामर्श अभिमुखीकरण कार्यक्रम (२०८१।१२।१६)

कर परामर्श अभिमुखीकरण कार्यक्रम (२०८१।१२।१६)

मिति २०८१।१२।१६ गते शनिबारका दिन ग्रामीण साकोसको आयोजना तथा करदाता सेवा कार्यालय, श्रीनगरको सहजिकरणमा संस्थाको व्यवसायिक वा ईच्छुक शेयर सदस्यहरुलाई कर परामर्श अभिमूखिकरण प्रदान गरिएको छ । कार्यक्रम सञ्चालन संस्थाको प्रबन्धक श्री शान्ता राईले गर्नु भएको थियो र उक्त कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष श्री लक्ष्मण कुमार राई गर्नुभएको थियो । संस्थाको सह प्रबन्धक निलोफा महर्जनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको उद्घाटन संस्थाको अध्यक्ष श्री लक्ष्मण कुमार राईज्युले गर्नु भएको थियो । शुभकामना मन्तव्य संस्थाको सचिव श्री श्रीकान्त राईले व्यक्त गर्नुभएको थियो । कर अधिकृत नवीन कुमार वली र नायब सुब्बा खुमराज न्यौपानेले उक्त कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । सहभागीहरुमध्ये पुरुष तर्फबाट भोला प्रसाद आचार्य र महिला तर्फबाट बिमला खड्काले कार्यक्रमको उपलब्धीबारे आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष श्री लक्ष्मण कुमार राईले आफ्नो मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।