हाम्रो अवलोकन तथा निरिक्षण (२०८२।११।०५)

मिति २०८२।११।०५ गतेका दिन यस संस्थामा रुपन्देही जिल्लाको नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि। को सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति,विभिन्न उपसमितिका सदस्यहरु साथै व्यवस्थापन लगाएतको टोलिहरुले अध्ययन अवलोकण गर्नुभएको थियो । उक्त अवलोकनको क्रममा ग्रामीण साकोसको प्रबन्धक श्री शान्ता राईज्युले संस्थाको पृष्ठभुमि, बित्तीय अबस्था र अन्य गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो भने नमुना साकोसको गतिबिधी र बित्तिय अबस्थाको बारेमा उक्त साकोसको प्रबन्धक श्री मन्जु गोदारले जानकारी गराउनुभएको थियो । सो क्रममा दुवै साकोसका राम्रो अभ्यासहरुको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमको अध्यक्षता यस संस्थाका अध्यक्ष श्री लक्ष्मण कुमार राईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा स्वागत संस्थाको सचिव श्रीकान्त राईले गर्नुभएको थियो । सो अवसरमा कोषाध्यक्ष श्री विरेन्द्र कुमार राई लगायत व्यवस्थापन पक्षको सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


