विस्तारित मञ्च (२०८२।०२।१०) – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

विस्तारित मञ्च (२०८२।०२।१०)

विस्तारित मञ्च (२०८२।०२।१०)

विस्तारित मञ्च मार्फत मिति २०८२।०२।१० गते शनिबारका दिन जिल्ला समन्वय समिति शा.न.पा.–२, खलंगा, सल्यानको सभाहलमा शा.न.पा.२ (जोगिदेउखोला बाहेक)का सक्रिय शेयर सदस्यहरुलाई संस्था स्थापनाको संक्षिप्त पृष्ठभूमि, वर्तमान अवस्थाको बारेमा प्रबन्धक शान्ता राईले स्पष्ट जानकारी गराउनु भएको थियो । साथै संस्थाको पदाधिकारी एवं सदस्य र प्रबन्धकले विद्यमान नीतिहरु, बचत तथा ऋण सेवा, सदस्य केन्द्रित कार्यक्रम सम्बन्धि सहभागी शेयर सदस्यहरुसँग अन्तरक्रिया गरी सो सम्बन्धि सुझाव संकलन गरिएको थियो । संस्थाका अध्यक्ष लक्ष्मण कुमार राईको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन प्रबन्धक शान्ता राईले गर्नुभएको थियो भने उद्घाटन प्रमुख अतिथी केशव सिंह श्रेष्ठले गर्नुभएको थियो। उक्त कार्यक्रममा कोषाध्यक्ष विरेन्द्र कुमार राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथी जिल्ला सहकारी संघ लि.,अध्यक्ष केशव सिंह श्रेष्ठ, संस्थापक सदस्य कृष्णराज उपाध्याय, कानुनी सल्लाहकार चन्द्रप्रकाश वली र निवर्तमान सचिव सनत कुमार शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।शेयर सदस्यको उत्साहपूर्ण उपस्थिति रहेको थियो भने अन्तरक्रियामा आफ्नो भुमिका सकृयता पूर्बक निर्वाह गर्नुभएको थियो । उपस्थित शेयर सदस्यहरु मध्य पुरुषको तर्फबाट नवराज शर्मा, डिल्लीराज रावत र महिलाको तर्फबाट विष्णु शर्माले कार्यक्रमको बारेमा आफ्नो भनाइ राख्नुभएको थियो । आफ्नो महत्वपूर्ण अभिव्यक्ति सहित अध्यक्ष लक्ष्मण कुमार राईले कार्यक्रमको समापन गर्नुभएको थियो ।