दीर्घकालिन उद्देश्य – ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.

दीर्घकालिन उद्देश्य

  • संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको
    अभिवृद्धि गरी नियमिति वित्तिय कारोबार गर्ने बानीको विकास गर्ने ।
  • नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेका निक्षेपमा वित्तिय विश्लेषणको आधारमा  ब्याज दिने ।
  • उत्पादनशील, आयमूलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई सहुलियत  ब्याज दरमा ऋण प्रदान गर्ने ।
  • आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धी धारणा बारे सदस्यहरुलाई उत्प्रेरित  गर्ने ।
  • सदस्यहरुलाई आय–आर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध
    गराउनुका साथै वित्तिय परामर्श तथा उधमशीलता विकासमा सहयोग गर्ने ।
  • सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका अन्य कृयाकलाप संचालन गर्ने ।
  • साधारण जनताका आर्थिक अवस्थाको विकास र प्रर्वद्धनमा समर्पित राष्ट्रिय तथा अन्तराष्ट्रिय
    संगठनहरुको दाँजोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रीय संघको सदस्यता ग्रहण गर्ने ।
  • सम्बन्धित निकायबाट स्वीकृती लिई दातृसंस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्नु ।
  • आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय
    संस्थाहरुसंग सहयोगात्मक भावना राख्ने ।
  • सदस्यहरुको संमृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमहरु र
    विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्यसंचालनका साथै चल–अचल सम्पत्ति आर्जन गर्ने ।
  • समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा मैत्रीपूर्ण सहयोग पुरयाउने ।
  •  विप्रेषण सेवा उपलब्ध गराउने ।
  • महामारी, दैवि प्रकोप तथा विपतको सामना गर्न तत्पर रहने ।