मिति २०७९।०२।२१ मा विस्तारित मञ्च(सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम)
यस संस्थाको शिक्षा उपसमितिको संयोजक श्री राधिका शाहको संयोजकत्व र श्री जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष श्री केशव सिंह श्रेष्ठको प्रमुख आतिथ्यतामा बिस्तारित मंच (सहकारी सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम) को उद्घाटन गरि मिति २०७९।०२।२१ गते संस्थाको भवन हलमा संस्थाका शेयर सदस्यज्युहरुलाई सहकारी सदस्य शिक्षा प्रदान गर्नुको साथै संस्थाको बचत तथा ऋण नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाका सचिव श्री सनत कुमार शर्मा , कोषाध्यक्ष श्री लक्ष्मण कुमार राई ,शिक्षा उपसमितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न गरियो । उक्त कार्यक्रमको सहजीकरण संस्थाका सचिब श्री सनत कुमार शर्मा र प्रबन्धक श्री शान्ता राईज्युले गर्नु भयो ।